Friday, August 25, 2017

गणतन्त्र र नेपाली कविता - रमेशप्रसाद भट्टराई

समालोचना 
विषय–परिचय
गणतन्त्र र कविता भिन्न स्वरूप, इतिहास र विषयवस्तुमा आधारित छन् । पहिलोको स्वरूप राजनीतिक छ भने दोेस्रोको स्वरूप मूलतः सौन्दर्यशास्त्रीय छ । गणतन्त्र राजनीतिक प्रणाली हो र यो प्रणाली जनतामा आधारित शासनसत्तास“ग सम्बन्धित छ । कविता साहित्यको एउटा विधा–विशेष हो र अन्तर्वस्तु र रूप यसका मूल पक्ष हुन् । कविताका अन्तर्वस्तु विविध हुन सक्छन् र सामाजिक रूपान्तरणमा राजनीतिक मूल्यस“गै सांस्कृतिक मूल्यको पनि भूमिका रहन्छ । सांस्कृतिक प्रस्तुतिका क्रममा कवितामा जीवन–जगत्को यथार्थलाई प्रस्तुत गरिएको हुन्छ र त्यस्तो यथार्थकै क्रममा कविताले पनि राजनीतिक मूल्यलाई अवलम्बन गरिरहेको हुन्छ । यस अर्थमा कवितामा गणतन्त्र पनि अन्तर्वस्तुका रूपमा आउ“छ र कविताको अन्तरअनुशासनात्मक विषयका रूपमा गणतन्त्रको विश्लेषण गरिन्छ ।
 
कविता प्राचीन विधा हो । प्राचीन कालदेखि नै कविताको विषयवस्तुमा विविधता पाइन्छ । मनुष्यले ऐतिहासिक विकासस“गै कविताको विषयवस्तुलाई पनि नया“ रूपमा प्रस्तुत गरिरह्यो । लोकजीवनका सुखदुःखका रूपमा रचिएका लोककवितादेखि महाकाव्य र फुटकर कवितामा पनि विषयवस्तुको व्यापकता पाइन्छ । तीमध्ये कतिपय कविता मनुष्य–जीवन, यथार्थ र मानवीय सचेतनाबाट टाढा रहेका छन् र त्यस्ता कविताको मूल्य पनि सीमित छ । सामाजिक जीवन, मूल्यबोध र क्रान्तिकारी रूपान्तरणलाई विषयवस्तु बनाएर लेखिएका कविताको मूल्य असीमित र दीर्घकालीन छ । जनताको जीवन र तिनका पीडा, लोकतन्त्र र सामाजिक परिवर्तनमा आधारित कविता नै इतिहासका शक्तिशाली कविता हुन् । कवितामा गणतान्त्रिक सन्दर्भलाई पनि यही मूल्यमा आधारित भई हेर्नुपर्ने हुन्छ । 

‘गणतन्त्र’ राजनीतिक शब्द हो । ‘गण’को अर्थ जनता र ‘तन्त्र’को अर्थ शासन भन्ने हुन्छ । यस अर्थमा गणतन्त्र जनताको शासन हो । प्राचीन मनुष्य गणमा बस्थ्यो र गणको निर्णयका आधारमा चल्थ्यो । समाजमा वर्गको सुरुआत भएपछि गणलाई शासन गर्ने शासकको जन्म भयो र कालान्तरमा त्यस्तो शासकलाई ‘राजा’को पदवी दिई त्यस्तो राजा (शासक) वंशानुगत हुने परम्परा चल्यो । युरोपेली समाजको प्रारम्भिक कालको उत्तराद्र्ध र मध्यकालमा राजतन्त्रलाई बलियो बनाइयो र त्यसका लागि धर्मशास्त्र, नीतिशास्त्र र साहित्यको समेत रचना भयो । पूर्वमा पनि सामन्ती युगमा राजतन्त्रलाई बलियो बनाइयो भने राजालाई ‘विष्णुका अवतार’ र ‘भगवान्’का रूपमा चित्रण गरी आनुवंशिक परम्पराको निर्धारण गरियो । राजतन्त्रको यस परम्परालाई चुनौती दिने क्रममा नै राजनीतिक प्रणालीका रूपमा गणतन्त्रको जन्म भएको हो । ल्याटिन ुचभक ९तजष्लन० उगदष्अिब ९उगदष्अि० को अर्थ ‘जनताको विषय’ ९तजभ उगदष्अि तजष्लनक० भन्ने हो । आजका सन्दर्भमा यसको अर्थ ‘त्यस्तो सरकार जुन वंशगत वा राजतन्त्रात्मक शासनबाट मुक्त रहन्छ र जनताको हितका लागि जनताद्वारा निर्देशित रही उनीहरूकै विश्वासमा कार्य गर्दछ भन्ने हुन्छ । प्राचीन रोमन गणतन्त्र (५०९–२७० इ.पू.) यसै प्रकारको गणराज्य थियो । वर्तमान संयुक्त राज्य अमेरिकालाई लोकतान्त्रिक भन्दा गणतान्त्रिक रूपमा चित्रण गरिन्छ, जसमा केन्द्रीय सरकारको शक्तिलाई सीमित गरिएको छ र राज्य–सरकारलाई पर्याप्त स्वायत्त अधिकार प्रदान गरिएको छ । त्यसैगरी भारतमा पनि राज्य–सरकारको भूमिका र प्रभावलाई सुदृढ पार्दै केन्द्रीय सरकारको निर्माण गरिएको छ । 

केही परिभाषाहरू 
गणतन्त्रमा राजाका बदलामा निर्वाचित राष्ट्रपतिसहितको सरकारको निर्माण गरिएको हुन सक्छ । ९ब् च्भउगदष्अि अबल दभ ब ायचm या नयखभचलmभलत धष्तज बल भभिअतभम उचभकष्मभलत ष्लकतभबम या mयलबचअज०
गणतन्त्रमा त्यस्तो किसिमको सरकारको निर्माण गरिएको हुन्छ, जहा“ निर्वाचित राष्ट्रपति र प्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुन्छन् । ९ब् च्भउगदष्अि ष्क ब ायचm या नयखभचलmभलत धष्तज बल भभिअतभम उचभकष्मभलत बलम भभिअतभम चभउचभकभलतबतष्खभक चभकउयलकष्दभि तय तजभ उभयउभि०
सरकारको त्यस्तो रूप जहा“ सार्वभौमसत्ता कि त जनताद्वारा चुनिएका प्रतिनिधिमा वा प्रत्यक्षतः जनतामा नै पूर्ण रूपमा निहित रहन्छ ।  ९ब् ायचm या नभखभचलmभलत ष्ल धष्तज तजभ कयखभचभष्नल उयधभच ष्क धष्मभथि खभकतभम ष्ल तजभ उभयउभि भष्तजभच मष्चभअतथि यच तजचयगनज भभिअतभम चभकउचभकभलतबतष्खभक स् ध्भदकतभच भ्लअथअयिउभमष्अ म्ष्अतष्यलबचथ या तजभ भ्लनष्किज ीबलनगबनभ०
विभिन्न परिभाषाहरूका आधारमा गणतन्त्रलाई निम्नअनुसार प्रस्तुत गरिएको पाइन्छ ः
–  तिनीहरू राजतन्त्रविहीन हुन्छन् ९तजभथ बचभ लयल(mयलबचअजष्अ०
–  तिनीहरू जनताद्वारा शासित हुन्छन् ९तजभथ बचभ चगभिम दथ ूतजभ उभयउभिू०
–  तिनीहरूले जनताको हितमा ध्यान पु¥याउ“छन् 

गणतन्त्रको माथिका परिभाषाका सन्दर्भबाट हेर्दा नेपाल राजतन्त्रात्मक राज्यका रूपमा रहेको छ र यहा“को राजतन्त्र बेलायत, जापान वा डेनमार्कको जस्तो नभई सामन्ती चरित्रको छ । नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापना भए पनि र ०४७ सालमा त्यसको पुनः स्थापना भए पनि लोकतन्त्रको लडाइ“ मूलतः राजतन्त्रात्मक दरबारिया शक्तिस“गै रह“दै आएको छ र जनताका प्रत्येक लडाइ“ र सम्झौताले जनतालाई नै धोका दिएका छन् । २०१७, २०५८ र २०६१ सालका राजाका कदमले जनतामा राजतन्त्रप्रति वितृष्णा बढाएको छ र गणतन्त्रको माग जबर्जस्त रूपमा उठ्न थालेको छ । अहिलेसम्म यस्तो माग कम्युनिष्ट पार्टीहरूबाट मात्र उठिरहेकोमा अहिले आएर लोकतन्त्र पक्षधर सबै राजनीतिक शक्तिहरू प्रत्यक्ष–परोक्ष रूपमा गणतन्त्रतर्फ डोरिंदै गएका छन् । अझ कम्युनिष्ट पार्टीमध्येकै एउटा शक्तिले त हतियारयुक्त सङ्घर्ष नै सुरु गरेको छ र त्यस सङ्घर्षले सिङ्गो मुलुकलाई हल्लाएको छ । यसै समयमा गणतन्त्रका विषयमा लेख, पुस्तक र सङ्ग्रहहरू प्रकाशित भएका छन् र सिर्जनाका क्षेत्रमा पनि यसको प्रभाव निरन्तर बढ्दो छ । यस्तो अवस्थामा सिर्जनाका क्षेत्रमध्ये र विशेषतः कविताका क्षेत्रमा गणतन्त्रको चित्रण कसरी भएको छ भन्ने कुराको विश्लेषण गर्ने कार्यमा केन्द्रित रहनु नै प्रस्तुत लेखको मूल उद्देश्य हो । 

नेपाली कवितामा गणतन्त्र 
नेपाली कवितामा गणतन्त्रका विषयमा अहिलेसम्म कुनै अध्ययन हुन सकेको पाइन्न । त्यसो त लगभग २ सय ४० वर्षको नेपाली कविताको इतिहासमा नया“ चेतनाले प्रवेश पाएको ६ दशक पनि भएको छैन । त्यसभन्दा अघिको नेपालमा सामन्तीतन्त्रकै एकछत्र प्रभुत्व रह्यो र दरबार नजिक रहेर साहित्य–सिर्जना गर्ने वा धार्मिक–आध्यात्मिक काव्य–कविता सिर्जना गरी दरबारलाई खुसी पार्ने कार्य नै मुख्य रूपमा भयो । जनताका पक्षमा कविता लेख्नु असंभव प्रायः रहेको यस अवधिमा त्यसरी लेखिहाले पनि या जेलमा थुनिनु पथ्र्यो या मृत्युदण्डको भागी हुनुपथ्र्यो । ‘मकैको खेती’ जस्तो सामान्य व्यावसायिक विषयमा पुस्तक लेख्दा समेत राजकाज अपराध, आर्थिक दण्ड र जेलमा नै मृत्युवरण गर्न विवश कृष्णलाल अधिकारीको घटनाले त सर्जकहरूमा डर, त्रास र निराशा नै ल्यायो । विक्रमको एक्काइसौ“ शताब्दीमा नया“ चेतनाले प्रवेश पाए पनि नेपाली राजनीति गणतन्त्रउन्मुख हुन सकेन । यसले एकातिर गणतन्त्रका विषयमा कविता लेख्ने चेतना नै पैदा गर्न सकेन भने लेख्न चाहनेहरूमा पनि डर र त्रास रहिरह्यो । अझ गणतन्त्रउन्मुख क्रान्तिकारी चेत र प्रगतिवादी चेतनालाई निषेध गर्न त सम्पूर्ण राज्यसंयन्त्र नै लागिरह्यो । प्रजातान्त्रिक भनिएका सरकारले पनि लोकतान्त्रिक, गणतान्त्रिक र क्रान्तिकारी सिर्जनालाई मूलप्रवाहबाट बाहिर राख्ने चेष्टा ग¥यो र प्रगतिवादी कविताधारालाई निषेध गरी त्यसको मूल्य र महत्तालाई उपेक्षा र निषेध गर्ने दुस्साहस ग¥यो ।
 
सिर्जनाका क्षेत्रमा भएको यस असमावेशात्मकताका कारण प्रगतिवादी सिर्जनाले वैयक्तिक र सामूहिक प्रयासका माध्यमबाट सशक्त हस्तक्षेप गर्नुपर्ने अवस्था आइप¥यो । जसका कारण यस क्षेत्रमा अन्य क्षेत्रस“ग प्रतिस्पर्धा गर्न सक्ने दर्जनौं कविहरू जन्मेका छन् । यिनका कवितामा प्रत्यक्ष–परोक्ष रूपमा गणतान्त्रिक चेतनाको उद्बोधन भएको पाइन्छ । त्यसैगरी प्रगतिवादी धारभन्दा भिन्न धारमा रहेर पनि गणतन्त्रको बिगुल फुक्ने कविहरूको सङ्ख्या पनि बढ्दो छ । जातीय, लैड्डिक र वर्गीय रूपमा पछि परेका समूहका कविहरू र उन्नत गणतान्त्रिक चेतनाले भरिएका लोकतन्त्र पक्षधर कविहरूमा पनि गणतन्त्रतर्फको चेतना बढ्दै गएको छ । यस्तो अवस्थामा नेपाली कविताको गणतान्त्रिक चेतनाको विकासमा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा धेरै कविहरूले महŒवपूर्ण योगदान पु¥याएका छन् । ती सबै कविहरू यस महान् अभियानमा संलग्न रहेका छन् र तिनका कविता गणतन्त्रको चेतले भरिएका पनि छन् । यति भएर पनि यस सानो लेखमा सबै कविका सबै कविताको चर्चा असंभव प्रायः नै देखिन्छ । कतिपय सामग्री अपर्याप्त छन् भने खोजी कार्यका सीमाका कारण पनि कतिपय सामग्री छुट्न पुगेका छन् । त्यसैले यस लेखमा प्रस्तुत ‘कवितामा गणतन्त्र’को चर्चा पूर्ण नभई आंशिक मात्र हो र यसले ‘नेपाली कवितामा गणतन्त्र’ विषयको सामान्य सर्वेक्षण मात्र प्रस्तुत गरेको छ । 

राणाविरोधी आन्दोलनका क्रममा नै नेपाली कवितामा गणतन्त्रको चेतनाले प्रवेश पाएको देखिन्छ । २००७ साल पूर्व गणतन्त्रको चेतना लिएर कविता लेख्ने कविहरूमा धरणीधर कोइराला, महानन्द सापकोटा, लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, सिद्धिचरण श्रेष्ठ आदि देखापर्छन् । धरणीधर कोइरालाले २००७ सालपूर्व नै नेपाललाई स्वतन्त्र गराउन थिरबम समान नडराई घरबार छाडी, तरबार भिरी मैदानमा उत्रने नेपाली ठिटोको बयान यसरी गरेका छन्  
 
नयपाल स्वतन्त्र गराउनको 
रणभेरि सुनेर जुरुक्क उठ्यो 
परतन्त्र हरे ⁄ निज देश बुझ्यो 
अनि भाव र आग्रह पूर्ण भयो 
गणतन्त्र गराउन गर्जि उठ्यो 
छरितो र छिटो नयपालि ठिटो 
(नयपाली ठिटो, पृष्ठ ६९)

२००७ सालको प्रसङ्गमा लेखिएको यस कवितामा २००७ सालको क्रान्तिमा लागेको क्रान्तिकारी युवकको चित्रण गरिएको छ र उसको लक्ष्य गणतन्त्र रहेको उल्लेख छ । यही समयका महानन्द सापकोटाका कवितामा पनि गणतन्त्रको चेतना पाइन्छ । कविले लेखेका छन्  
सयमा दस पा“च धनी गनिने 
अरूले तिनकै करिया बनिने 
विधिको यदि विधान यै छ भने 
अब त्यो विधिको पनि आयु पुग्यो । 

धरणीधर र महानन्द दुवैका कवितामा सामन्ती दरबारको अन्त्यको कुरा उल्लेख छ र नया“ गणतान्त्रिक नेपालको निर्माण गर्ने चेतना मुखरित छ । देवकोटाले २००७ सालअघि लेखेको कविताहरूमध्ये ‘भावना गाङ्गेय’मा प्रकाशित ‘महाप्रस्थान’ (पृष्ठ १७०) र ‘ढेडुशाही’ (पृष्ठ १०५–१०७) कवितामा गणतन्त्रको चेतना पाइन्छ । ‘महाप्रस्थान’ कवितामा कवि लेख्छन्  

सानो सङ्कुचित राजभवन भयो 
विलासको आधार 
अन्धो मदिराभित्र डुबाउ“छ 
अन्धा नशाका व्यापार (पृष्ठ १५)

आज म लिन्छु आजादी 
गर्दछु जीवन दान 
मृत्यु निवारण रोग निवारण 
आज छ मेरो प्रस्थान (पृष्ठ १७) 

प्रस्तुत कवितामा विलासमा मस्त दरबारका विरुद्ध क्रान्तिका लागि प्रस्थान गर्ने चेतना कविमा प्रस्फुटित भएको छ भने ‘ढेडुशाही’ कवितामा तत्कालीन शासनलाई ‘ढेडुराज’का रूपमा चित्रण गरी त्यस राजले कविका विरुद्ध कस्तो षड्यन्त्र गरेको छ भन्ने कुरा प्रस्तुत छ । ढेडुराजमा कवितास“गसम्म डराउने र कविस“ग बदला लिने अवस्था सिर्जना भएको स्थितिलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । 

प्रकृति राजा–ढेडु कानुन 
के को कविता ? न भई दालनुन 
पुच्छरमा बसी सभा गरेछन् 
यी कविता सब भयङ्कर भनेछन् 
यी भयङ्कर वनका आ“धी 
नया“ विचारक बेगी बाढी (पृष्ठ १०५)

दा“त लगाउ“m फारू“ फारू“ 
नङ्ग्राइकन यो कवि मारू“
हामी कपि अघि– यो कवि बन्ने 
नाथे महाकवि, पारू“ झुत्रे 
बडो पहिरी खासा चादर 
अक्कड लिइकन भाषा पावर 
देखाइ पो हिंड्छ नाथु 
ढुंग ढुंग कविता च्यातू“–च्यातू“ 
साम्राज्यवादका हामी देउता 
वाल्मीकिसम्मन् कवि हो एउटा 
शाहीमुख यो हाम्रो रातो 
यो कवि देख्दा बन्दछ रातो (पृष्ठ १०६)

के तिमीहरू अराजकतावादी 
कू“–कू“ गर्थे हच्की पछाडि 
ढेडु राजा जड्डल कानुन 
लाल थुतुने वीरै मानून् (पृष्ठ १०७) 

देवकोटाका गणतन्त्रउन्मुख पर्याप्त कविताहरू प्रकाशित छन् र ती कवितामा देवकोटाको क्रान्तिचेत र प्रगतिवादी चेत प्रकट भएको छ । यही अवधिमा कवि गोपालप्रसाद रिमालले गणतन्त्रको आव्हान गर्दै कविताको रचना गरेका छन् । उनका कवितामा ‘गणतन्त्र’ शब्दको उल्लेख त छैन तर त्यो सङ्केतात्मक रूपमा उपस्थित छ । अझ २००७ सालको क्रान्तिलाई अधुरो र अपूरो ठान्ने रिमाल सच्चा अर्थमा गणतन्त्रवादी थिए र उनले कवितामा त्यही गणतन्त्रको आगमनलाई सङ्केत गरेका छन् । 

हो बा, त्यो आउ“छ । 
त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउ“छ 
त्यसको कम्मरमा झुन्डिएको, शीतजस्तै टल्कने 
तिमी एक हतियार देख्नेछौ, 
त्यसैले ऊ अधर्मसित लड्नेछ । 
त्यो आउ“दा तिमी पहिले त सपना हो कि भनेर 
छामछुम गर्नेछौ, तर त्यो हिउ“ र आगोभन्दा पनि 
बढ्ता छोइने भनेर आउनेछ 
(आमाको सपना  पृष्ठ १)

सिद्धिचरण श्रेष्ठका २००८–१० सालतिरका कवितामा सामन्ती सत्ता र दरबारका विरुद्धको अभिव्यक्ति पाइन्छ । उनका ‘छात्रहरूलाई सन्देश’, ‘म मात्रै किन आइरहू“ ?’ जस्ता कवितामा सामन्ती सत्ताका विरुद्ध विचार प्रस्तुत गरी गणतान्त्रिक चेतनाको संकेत गरिएको छ । ‘छात्रहरूलाई सन्देश’ कवितामा कवि भन्छन् 
 
पुरानु जीर्ण पद्धति गरी समस्त झार्झुर 
कुनीति औ कुरीति यी विदीर्ण पार्न तत्पर 
सामन्तको चिहानमा विशाल ज्योतिको घर 
छ पूर्वबाट झुल्कि“दो उठेर हेर छात्र हो । 
खतम् गरेर फूर्तिलो सामन्ती धाक इज्जत 
मनुष्यमा दिलाउ लौ मनुष्यजातिको हक 
मनुष्यले मनुष्यको स्वभाव नै भुलीकन 
गली ढली सडी कुही सजाय भोग्नु होइन 
(बा“चिरहेको आवाज ः पृष्ठ २१)
‘म मात्रै किन आइरहू“’ कवितामा कवि भन्छन् ? 
तिमी मेरो झोपडीमा आउन 
आनो इज्जतको बर्खिलाप सम्झन्छौ भने 
म मात्रै तिम्रो दरबारमा किन आइरहू“ 
धन–जन–मानले तिमी आफूलाई 
ठूलै ठान्छौ भने 
म पनि तिमीलाई किन सानो नठानू“ ? 
(उही, पृष्ठ २७) 

लक्ष्मीप्रसाद देवकोटाको ‘प्रमिथस’ महाकाव्य ग्रिसेली पुराकथामा आधारित महाकाव्य हो । यति भएर पनि यस महाकाव्यमा समकालीन सन्दर्भहरू पनि पर्याप्त मात्रामा प्रस्तुत गरिएको छ र गणतन्त्रको चेतना उनको यस महाकाव्यमा यत्रतत्र छरिएर आएको छ । तत्कालीन अवस्थामा प्रत्यक्षतः गणतन्त्रको पक्षमा कलात्मक अभिव्यक्ति प्रस्तुत गर्न असंभव प्रायः थियो र समकालीन राजनीतिक अवस्था पनि त्यस्तो थिएन । यस्तो अवस्थामा उनले ग्रिसेली पुराकथालाई नै आनो महाकाव्यको आधार बनाए । उनले राजतन्त्रका सम्बन्धमा कतै सोझै र कति व्यङ्गात्मक रूपमा आना अभिव्यक्ति प्रस्तुत मात्र गरेका छैनन्, वीरहरूको महानताको गायन पनि परेका छन् । भूमिकाका रूपमा आएको प्रथम सर्गमा कवि लेख्छन् 
 
आज म चाहन्छु, समुद्गारन 
सङ्क्रान्तियुगको कोकिलसरि 
मुक्तकण्ठ– एक महामानव जान 
प्रजातान्त्रिक पुष्प प्रथमको व्योममा 
ज्योतिपाक अभिनव उड्डीयमान (पृष्ठ ५) 

सुनसानको निष्कटंक तिमिर शासनमा आनो 
सर्वस्वरूपको विध्वंसको विलासले 
शक्तिमातको अत्यानन्दिता 
सकल जगत् देख्थी स्वशक्तिचूर्ण 
लाग्थ्यो निशालाई तर त्यस बेला 
महाशासनको प्रतिभाको मात
ऊ भन्दथी मेरो छैन विरोधी ज्योति (पृष्ठ ६) 

हेर विरोधी दलहरू मेरा 
ती उड्ड अभिधेय दूरतामा स्वर्गका 
पिलपिल । ... ती अशक्त नपुंसक ज्योति । 
दुनिया“ गर्दछ तिनको आराधना 
मन्त्रले अझ  । बेकार ⁄ ... तर मेरो 
प्रबल तिमिरसिंह शासन निष्कंटक छ 
मृत महावीर झैं, दुःस्वप्नका शहीद ती ज्योति 
छटपटाउ“छन् बेकार स्मृति झैं दुर्बल
मानो दुनिया“मा फेरि झर्न...
यो मेरो महाप्रबन्ध ⁄ यो मेरो निष्कण्टक शासन । (पृष्ठ ६)

यसरी निष्कण्टक भनी घोषणा गरेको राज्यमा वाल्मीकि झैं तपस्वी नवयुगको खोजीमा रहेको यथार्थलाई पनि उनले यसमा वर्णन गरेका छन् । त्यस्तो तपस्याले सम्पूर्ण स्वर्गीय राज्य हल्लाएको भन्दै उनले प्रजातन्त्र–प्रभातका लागि नव–तपस्वीको खा“चो परेको र त्यसलाई प्रमिथसले पूरा गरेको देखाएका छन् ।

प्रथम अग्निचोर प्रमिथसले 
जङ्ग्याए तानाशाही स्वर्गपति ती 
महादेव असहनप्रकृति रुद्र क्षोभ (पृष्ठ १२)

‘प्रमिथस’को दोस्रो अध्यायमा देवकोटाले राजा, दरबार र तिनको विशेषताको वर्णन गर्दै आनो गद्दी रक्षा गर्न राजाले जे पनि गर्छन् भन्ने दृष्टान्त प्रस्तुत गरेका छन् ।
 
अत्याचारी क्रूर अतिबली भूपति, 
सुवर्ण महलमा गुलाबसेज, 
मदिरामस्त, सुन्दरीप्रशस्त, 
विजित–सपत्न, सपनामा सुमधुर 
अचेत बनेझैं महाभूकम्पको, पलपछि 
जसले बनाउनु छ लूलिढेर दरबार (पृष्ठ ३०)

भयले कंसले बालहत्या गरे 
भय छ क्षत्रियहरूको समर–बल । 
भय छ एक उत्तेजक हरामज्यादा शक्ति 
भय नै हो सङ्ग्रामशूर । 
आनो नामेटको त्रासले बनाउ“छ मानव
शूर, क्रूर, क्रोधाग्रि, चूर । 
राजशक्ति हो भयको भयङ्कर प्रबन्ध (पृष्ठ ३०) 

देवकोटाका पछिल्लो चरण (२००४–२०१६) का कविताहरूमा क्रान्तिचेत, विद्रोह–चेत र गणतान्त्रिक चेत प्रशस्त पाइन्छन् भने उनका यस चरणका कतिपय यस्ता कविता त्यतिखेरका पत्रिकामा छरिएर रहेका छन् । अझ कतिपय कविता त अप्रकाशित नै पनि रहेका पाइएका छन् । 

दवकोटापछिका सशक्त गणतन्त्र चेतनाका कवि युद्धप्रसाद मिश्र हुन् । मिश्रमा पाइने प्रबल क्रान्तिकारी चेतनाले गर्दा उनी घोषित रूपमा नै गणतन्त्रका कविका रूपमा परिचित हुन पुगेका छन् । मिश्र २००७ सालको क्रान्तिस“ग सन्तुष्ट थिएनन् । उनी नेपाललाई जनताको राज्य भएको हेर्न चाहन्थे र त्यसका लागि सामन्ती राजको समूल अन्त्य होस् भन्ने चाहना राख्थे । त्यसैले २०१० सालमै उनी लेख्छन्  

रगत सिंगान गरी हाम्रो लगाएको बगैंचामा 
मरुभूमि गर्न सामन्तीहरूको दल जुट्यो फेरि 
सबैले न्याय पाउन बताएको थियो देश 
खरानी त्यो कुरा भो सब धु“वा कालो छुट्यो फेरि 
(युद्धप्रसाद मिश्रका कविताहरू  मसानको आवाज, पृष्ठ १०) 

युद्धप्रसाद मिश्रले सामन्ती राजतन्त्र र त्यसको निरर्थकतालाई धेरै पहिले नै बुझिसकेका थिए, दरबारको शोषणलाई उनले समयमै चिनेका थिए र त्यसका लागि क्रान्तिकारी चेतनालाई अझ बलियो पार्नु पर्ने कुरा समयमै पहिचान गरेका थिए । त्यसैले उनी लेख्छन् 
 
छाप्रो चाहि“ हु“दैछ दिन्दिन खत्तम् दर्बार चाहि“ खडा 
बारीका तटबाट बग्दछ कुलो रित्तो छ हाम्रो घडा 
(क्रान्तिकारीको नाममा एउटा तार  पृष्ठ ११)

युद्धप्रसाद मिश्र निर्भीक कवि हुन् । २०१७ सालपछि देशमा राजाको निरङ्कुश शासन चलिरहेको थियो तापनि मिश्रले चाहि“ नेपालको गणतन्त्रको भविष्य देखिसकेका थिए । उनले मध्ययुगीन सामन्तीतन्त्रको अवशेषका रूपमा रहेका राजा–महाराजाहरू यस धर्तीमा नरहने भविष्यवाणी गर्दै लेखेका थिए :
 
यो सङ्ग्राम महान्को विजयश्री भोका र नाङ्गाप्रति 
यौटासम्म पनि रहन्न अब यो धर्तीमहा“ भूपति 
(भविष्य  पृष्ठ २७) 

मिश्रले नेपालीहरूमा चेतनाको उद्भव भएको कुरा छर्लड्ड देखेका थिए । त्यसैले उनका प्रायः सबै कवितामा नेपाली युवा पुस्तामा आइरहेको जागृति चेत र नेपाली समाजले चाहिरहेको परिवर्तनलाई सङ्केत गर्दै लोकतान्त्रिक गणतन्त्रको सन्देश प्रस्तुत गरेका छन् । 
भूपि शेरचनका जीवनमा वैचारिक उथल–पुथल पाइए पनि उनका सिर्जनामा लोकतान्त्रिक स्वर तिख्खर रूपमा व्यक्त भएको पाइन्छ । उनका कतिपय कवितामा गणतन्त्रको स्वर पनि प्रवाहित भएको छ । प्रारम्भका ‘निर्झर’ र ‘झ्याउरे’ कवितासङ्ग्रहका कविता शैलीशिल्पका दृष्टिले कमजोर प्रतीत भए पनि विचारधाराका दृष्टिले सशक्त रहेका छन् भने ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासङ्ग्रहका कविताहरू विचार र शिल्पको उपयुक्त सन्तुलन पाइन्छ । यस सङ्ग्रहका ‘सधै“–सधै“ मेरो सपनामा’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘घण्टँघर’, ‘नया“ वर्ष’ जस्ता कवितामा सा“चो लोकतन्त्रको खोजी गरिएको पाइन्छ भने ‘हामी’ कवितामा जनतालाई ‘पानीको थोपा’ ‘लिलिपुट’, ‘क्यारमबोर्डका गोटी’, ‘एकलव्य’ र ‘पाइताला’ बनाउने र व्यक्तिविशेषलाई देवता मानी पुज्ने सामन्ती प्रवृत्तिमाथि व्यङ्ग्य गरिएको छ । ‘सर्पको खोजीमा’ कवितामा कविले देशलाई डस्ने सर्पको खोजी गरेका छन् । उनले स्वास्थ्य, शिक्षा, आर्थिक, सांस्कृतिक, प्राकृतिक सबै पक्षलाई डस्ने सर्पको खोजी गरे पनि त्यस्तो सर्पको दुलाभित्र खोजी गर्दा झन् ठूलो दूलोमा, दुलोबाट भागेर पर्खालमा, पर्खाल भत्काउ“दा अग्ला पर्खालभित्र पसेको र त्यो भत्काउन नसके पनि देशलाई डस्ने सर्पलाई मार्न पर्खाल कुरेर बसेको कुरा बताएका छन् । कवि भन्छन् ः
काठमाडौं अझ भनौं -
यो सिड्डो देश नै दिन । 
परदिन÷कालो–नीलो हु“दै गइरहेछ । 
सर्पदंशित मान्छे झैं । 
....
म सर्पको खोजीमा छु÷हो, 
म ती विषालु सर्पको खोजीमा । धेरै 
अघिदेखि हिंडिरहेछु । 
... अझै सर्पको खोजी गर्दै गरेको प्रसङ्ग अघि बढाउ“दै कवि लेख्छन्  
नदेखिएका पनि होइनन् ती अ“ध्यारामा÷तर 
मेरो प्रहारभन्दा अघि÷ती दुलाभित्र पस्थे÷दुला भत्काउ“थे÷तर÷झन् ठूलो दुलाभित्र पस्थे ।
तिनलाई पनि नभत्काएको होइन मैले÷तर÷मैले पछ्याउ“दा–पछ्याउ“दै 
पनि÷ती भागेर पर्खालभित्र पसे÷पर्खाल भत्काए“ । तर, अफशोच ⁄ 
ती यति अग्ला पर्खालभित्र पसे÷जसलाई म÷न उक्लिन सक्छु । 
न भित्र पस्न सक्छु । 

अझै अगाडि कवि लेख्छन् 
मलाई थाहा छ÷व्यर्थ छ मेरो अभियान÷सर्प मार्नु ता परै जाओस् । 
बरु कुनै पनि क्षण÷म आफैं डसिन सक्छु÷तैपनि बसेको छु 
म पर्खाल कुरेर÷पर्खाल घुरेर÷कारण मलाई खोजी छ ती 
सर्पको÷जसले यो सुन्दर देशलाई बारम्बार डसिरहेछ÷डसिरहेछ÷डसिरहेछ ।। 
(सर्पको खोजीमा) 

‘सर्पको खोजीमा’ कविता कवि भूपिको प्रतीकात्मक प्रस्तुति हो । यस कवितामा कविले बारम्बार देशका सबै क्षेत्रलाई डस्ने सर्पको खोजी गरी त्यसको अन्त्य गर्नु पर्ने सन्देश प्रस्तुत गरेका छन् । केवलपुरे किसान नेपाली प्रगतिवादी धाराका कवि हुन् । सरल भाषामा आनो काव्यवाणी प्रस्तुत गर्ने किसानका एक दर्जन जति काव्य–कृति प्रकाशित छन् । किसानले सात सालको सन्धि र २०४६ सालको सम्झौतालाई अपूर्ण ठान्दै देशमा सा“चो क्रान्ति अहिलेसम्म हुन नसकेको भन्दै गणतन्त्रतर्फको आनो आकाङ्काक्षालाई कवितामा व्यक्त गरेका छन् । कवि भन्छन् 

सात सालको त्यो सम्झौता दिल्लीतिरै भाथ्यो
नेपालको झिटीझाम्टी उतैतिर गाथ्यो । 
ऐले चाहि“ यहा“ भयो फरक यति मात्रै 
वाक्कलाग्दो यो सम्झौता पर्प¥याइ“दो का“च्चै । 
(देउरे सलाम र दाहिने सलाम) 

यसरी नेपालका दुईवटा आन्दोलन सम्झौतामा टुड्डिएका सन्दर्भमा कवि अबको क्रान्ति गणतान्त्रिक हुने सन्देश पनि आना कवितामा दिन पुग्छन् । धोकापूर्ण आन्दोलनका विरुद्ध अर्को क्रान्ति गर्नु पर्ने र त्यो चाहि“ गणतन्त्रका दृष्टिले पूर्ण हुनुपर्ने धारणा पनि आना कवितामार्फत् उनले प्रस्तुत गरेका छन् । कविले लेखेका छन् 

तेस्रो क्रान्ति किन र कसरी रोकियो जान्नुपर्छ 
अर्को क्रान्ति अब सुरु हु“दा डङ्डङ्ी हान्नुपर्छ 
(डङ्डङ्ती हान्नुपर्छ) 
क्रान्ति ज्वाला पटपटी फ्टुनपर्छ 
मेची काली स“गस“गै उठ्नुपर्छ 
सम्झौताहीन क्रान्ति नै गर्नुपर्छ 
धेरै–धेरै क्रान्ति फूल छर्नुपर्छ 
(शङ्कै–शङ्का) 

जाली दानवका कठोर र तिखा कानुन कटाइकन 
सारा मानिसलाई प्रेम गर्दै राम्रो चलन ल्याउन 
गाउ“मा बढ फूर्तिसाथ डट लौ सब चेतनाले भर 
भिक्षाले हक पाइ“दैन बुझ लौ सङ्घर्षको ठीक् गर । 
(सङ्घर्षको ठीक गर) 

नेपाली जनताले रगतको मूल्य चुकाएर ल्याए पनि २०४६ सालको क्रान्ति अपुरो र अधुरो रहेको भन्दै गणतन्त्र नआईकन सहिदको रगतको रगतको वास्तविक मूल्य र महत्ता नहुने ठोकुवा गरेका छन् । कविले भविष्यवाणी गर्दै लेखेका छन् 
 
आउ“दैन र सत्र साल निश्चित टुङ्गो क्यै छ 
रक्सी चैं गयो भनौं बोतल बट्टा त्यै छ 
माछो–माछो भन्दाभन्दै भ्यागुतो पो आयो 
सहिदको त्यत्रो रगत भन्नुस् कसले खायो ?
(देउरे सलाम र दाहिने सलाम) 

यसरी २०१७ साल दोहोरिन सक्ने संभावनालाई देखाउ“दै कविले अबको क्रान्ति चाहि“ गणतन्त्रकै लागि हुनुपर्ने कुरामा आनो दृढ अठोट प्रस्तुत गरेका छन् । 

जगदीशशमशेर राणाको ‘नरसिंह अवतार’ गणतन्त्रका सन्दर्भमा महŒवपूर्ण काव्य–सिर्जना हो । काव्यको विषयवस्तुका सन्दर्भमा कविले लेखेका छन् 

अत्याचार र प्रजापीडन वा तानाशाही नै काव्यको मूल विषय हो ... (पृष्ठ १३९) 
... यत्तिकैमा तानाशाही पन्जाले बालक प्रजातन्त्रलाई अचानक झम्टिएर लग्यो । परिस्थितिले पल्टा खायो । तानाशाही ओइरियो, उही पद्धति, उही दरबार र दरबारिया, उही राणामध्ये प्रतिक्रिया र प्रतिशोधको भावना लिनेको चहलपहल र चकचकी, उही भारदारी हातमोलाइ, उही ठालु र जिम्मावालको रजाइ“ । झन् अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेको मुलुकमा भातृ दमनको लागि हतियार प्रशस्त उडेर आए, लोभानीपापानीको लागि मुरीका मुरी धन थुप्रियो । माकुराधागे आर्थिक स्थितिमा रहेका लाचार देशवासी प्रजापीडनको साधन बने– पुर्जा, केवल पुर्जा, यो विराट् मान्छेको रगत फेर्ने र वंशपरिवर्तन गर्ने अत्याचारी यन्त्र फलामे पुर्जा । 
(पृष्ठ १४०) 

यसरी निरङ्कुशता र तानाशाहको विरुद्धमा लेखिएको यस काव्यमा मिथकको प्रस्तुति भए पनि कविले प्रायः सबै सन्दर्भमा समकालीन नेपाली समाज, राजतन्त्र र त्यसका विरुद्ध जुर्मुराउ“दै गएको चेतनालाई प्रस्तुत गरेका छन् । ‘आठवटा’ शीर्षकमा बा“डिएको प्रत्येक सर्गको अन्त्यमा कविले अन्याय–अत्याचारका विरुद्धको चेतना बढेको र त्यसले तानाशाही र प्रजापीडकलाई बढाएर लैजाने सन्देश प्रस्तुत गरेका छन् । उदाहरणका लागि 
हिजोसम्म सही बस्ने आज सबै जागे 
किन ? कसो ? कहा“ ? कैले ? सबै सोध्न आ“टे 
निख्रिएको रगतमा आज चढ्यो लाली 
हिजोसम्म तिम्रो पालो अब हाम्रो पाली । 
(पृष्ठ ५१)

जल्यो सृष्टि–उठ तिमी जुर्जर–छाड कुर्सी 
ओइ¥यौं सब ग्वाग्र्वार मर्न तम्स– मार्न तम्स 
हल्ल्यो जगै–ढलपल बस्ती 
होस्टेहैंसे सबै तिमी 
इन्कलाव जिन्दावाद ⁄ जिन्दावाद ⁄ जिन्दावाद ⁄⁄
(पृष्ठ ७९)

अब त सबैले उठाएका छन् आ–आना औैजार 
थालेका छन् निरन्तर कुट्न, काट्न र छा“ट्न 
समस्त आलोक 
आविष्कारपछि आविष्कार 
र दृष्टि र सृष्टिका सहस्र प्रस्फुरण 
कु“द्न छाडेका छन् सालिक र मूर्ति 
पढ्न छाडेका छन् स्तुति र प्रशस्ति 
फा“ड्न थालेका छन् विधिविधानका महाजाल 
ब्यू“झाइको नया“ जिन्दगीमा 
खोज्न थालेका छन् मान्छेका मुहान । 
(पृष्ठ ९०)
यसरी पञ्चायती निरंकुशताका समयमा मिथकको आवरणमा तानाशाहीको विरोध गर्दै गणतन्त्रको स्वर उराल्ने कार्य कविले यस काव्यमा गरेका छन् । 

पारिजातका पछिल्लो चरणका कविताहरू प्रगतिवादी चेतनाले भरिएका छन् । उनका कवितामा नारी र दमितहरूको स्वर मुखरित भएका छन् र समावेशी लोकतन्त्र (पूर्ण लोकतन्त्र) विना तिनको मुक्ति नहुने कुरा प्रस्तुत भएका छन् । यस दृष्टिले पारिजातका कवितामा गणतन्त्रको सन्देश पाइन्छ तापनि गणतान्त्रिक नेपालको मुख्य अभिव्यक्ति चाहि“ उनको ‘एउटा निमुखा बूढाको भविष्य’ कवितामा भएको छ । यस कवितामा उनले राजतन्त्रलाई ‘निमुखा बूढो’को प्रतीकका रूपमा प्रस्तुत गरेकी छिन् र त्यसको अन्त्यका लागि युवाहरूलाई आव्हान पनि गरेकी छिन् ः
त्यसैले ए युवा मनहरू हो 
हुरी र आ“धीको वेगहरूस“ग निखारिएर आऊ 
या त ज्यानमारा भावीको 
परम्परामा हत्या गरिदेऊ 
संस्कारमा हत्या गरिदेऊ 
धर्ममा भए त्यहीं हत्या गरिदेऊ 
महान् वाणीहरूमा पनि हत्या गरिदेऊ 
(पृष्ठ ६०) 

पारिजातको यस कवितामा राजतन्त्रको भविष्य फाइल, सडक, योजना, भाइ–भारदार, ऐश्वर्य, विलाश र विदेशी बैंकहरूमा फलेर र फुलेर बस्ने हुनाले तिनको अन्त्य गर्न मुक्ति आन्दोलन गर्नु पर्ने आवश्यकतालाई औंल्याइएको छ । त्यसैले कवितामा भनिएको छ  

यो भविष्य 
एउटा विन्तिपत्र लेखेर 
अलिकति घुस खुवाएर, सोर्सफोर्स लगाएर 
अथवा एक झरी वर्षाजस्तो एक झर नारा लगाएर हुने होइन 
दुई चार जना मान्छे मारेर पनि हुने होेइन 
त्यसैले ए जागरुक युवा पाखुराहरू हो ⁄
....
या त व्यवस्थालाई टक्टाउन थाल 
या त व्यवस्थालाई हिसाब माग 
यो त पसिनामा नुहाउनेहरूको 
मुक्ति आन्दोलन हो 
यो त एउटा वर्गको नै भविष्यको ग्यारन्टी हो 
यो त एउटा भीषण युद्ध हो । 
(पृष्ठ ६०–६१)

हरिभक्त कटुवालका कतिपय कविताहरूले समकालीन सन्दर्भप्रति असन्तुष्टि व्यक्त गर्दै भोलिको उज्यालोको सङ्केत गरेका छन् । ‘आजको तन्नेरी’ कवितामा कविले युवा पुस्तालाई ‘मृत्युुलाई पनि जित्नुपर्छ’ भन्ने सन्देश दिएका छन् । त्यसै सन्दर्भमा उनले लेखेका छन् 
अब यहा“ कुनै तन्नेरी कसैको लाश कुरेर जिउ“दैन 
अब यहा“ कुनै तन्नेरी कसैको लाशभित्र जिउ“दैन । 

यसरी यस कवितामा मक्किसकेको पुरानो व्यवस्थालाई कुरेर नबस्ने तन्नेरीहरूलाई आव्हान गरिएको छ भने ‘रहर’ कवितामा मरेका दिनको इतिहास पढ्न नचाहने युवाको चाहनालाई प्रस्तुत गरिएको छ । कवितामा भनिएको छ 

बा, पाठशाला जान्न म 
इतिहास पढाइन्छ त्यहा“ मरेका दिनहरूको । 
.....
रहर छैन मलाई बा“चिदिने 
केवल इतिहासका पानाहरूमा 
मैले त बा“च्नुपर्छ आउने दिनहरूमा 
इतिहासको गतिलाई उछिनेर 
इतिहास भन्दा बढी असल केही भएर 
त्यसैले बा, पाठशाला जान्न म 
इतिहास पढाइन्छ त्यहा“ मरेका दिनहरूको । 
....
इतिहासको ठेली होइन 
एउटा कोदालो चाहिन्छ मेरा पाखुरालाई 
योजनाले होइन 
पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई 
र गर्नु छ भुक्तान जम्मै 
धरतीले बोकाएका ऋणहरूको 
(रहर  पृष्ठ ७)

मोदनाथ प्रश्रित चर्चित प्रगतिवादी कवि हुन् । उनका पछिल्ला चरणका प्रायः कविताहरूमा लोकतान्त्रिक र गणतान्त्रिक स्वर सशक्त रूपमा प्रवाहित भएको पाइन्छ । उनको ‘गोलघरको सन्देश’ काव्य गणतान्त्रिक चेतनाले भरिएको काव्य हो भने ‘देवासुर सङ्ग्राम’ पूर्वीय पुराकथामा उनले सामन्तवादको अन्त्यको सन्दर्भ उल्लेख गर्दै आगामी युग राजतन्त्रको नभई गणतन्त्रको युग हो भन्ने सन्देश प्रस्तुत गरेका छन् । मोदनाथ प्रश्रितका ‘संकलित रचनाहरू खण्ड १ र २’ मा संकलित काव्यकृति र त्यसभन्दा पछि रचना गरिएका कविताहरूमा पनि गणतान्त्रिक चेतना सशक्त रूपमा प्रस्फुटन भएको पाइन्छ । उनी राजतन्त्रको अन्त्य र गणतन्त्रको प्राप्तिका लागि सङ्घर्षरत कवि हुन् र उनका काव्य–कृतिहरूमा यस चेतनाले नै पर्याप्त स्थान र महŒव पाएको छ । 

प्रश्रितको गणतान्त्रिक स्वर ‘प्रजातन्त्र दिवस आयो’, ‘बन्दुकको नालबाट शान्ति जन्मन्छ’, ‘आओ एकपल्ट सब मिलेर रोइदिउ“m’, ‘पार गर्नुछ लामो बाटो’, ‘जेलभित्र’, ‘मुसातन्त्र अमर रहोस्’, ‘जब फागुन ७ आउ“छ’, ‘ए– यो थोत्रो भोटो कसको ?’, ‘वीरहरूको युद्ध’, ‘देशको कथा’ जस्ता कवितामा सशक्त रूपमा मुखरित भएको छ । ‘बन्दुकको नालबाट शान्ति जन्मन्छ’ कवितामा कवि भन्छन् 

आनो युगानुयुगको हिंसा बचाउन 
हामीमाथि अभियोग थुपार्नेहरू 
तिम्रो संहारको हिंसा हाम्रो सप्ताह यज्ञ हो 
पुस्ता–पुस्तासम्मको विध्वंशका ठेकेदार बन्न खोज्नेहरू 
तिम्रो समग्र विध्वंस हाम्रो युगान्तरको महोत्सव हो 
(संकलिन रचना, भाग १, पृष्ठ १०८)

प्रगतिवादी धाराका कवि रामचन्द्र भट्टराई र ऋषिराम न्यौपानेका कविताहरूमा पनि गणतन्त्रको चेतना पाइन्छ । आधा दर्जन जति कविता–सङ्ग्रह र काव्य प्रकाशित गरेका भट्टराईका प्रारम्भका कवितामा नै गणतान्त्रिक–प्रगतिवादी चेतना पाइन्छ भने पछिल्लो चरणका उनका कवितामा गणतन्त्रको चेतना झन् बढी तिख्खर हु“दै गएको पाइन्छ । गीति लयका धनी भट्टराईले आनो कवितामा निरंकुशताको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको चेतनालाई सशक्त रूपमा उतार्ने कार्य गरेका छन् । लगभग दर्जनभन्दा बढी काव्य–रचना गर्ने कवि ऋषिराम न्यौपानेका कविताको मूल स्वर प्रगतिवादी रहेको छ र उनका कवितामा सामन्ती सत्ताको अन्त्य र गणतन्त्रको स्थापनाको चाहना व्यक्त भएको पाइन्छ । 

मोहनविक्रम सिंह प्रगतिवादी धाराका कवि हुन् । ‘इन्कलाव जिन्दावाद’, ‘गङ्गाकावेरी एक्सप्रेस’, ‘झिम्रुक नदी र चिबेचराको कथा’, ‘आदि विद्रोह’, ‘तुफानको संगीत’, ‘युग नृत्य’ जस्ता काव्यकृति प्रकाशित गरेका कवि सिंहका कवितामा गणतन्त्रको चेतना मुखरित छ र उनी सामन्ती–चेतना र चिन्तनविरोधी–गणतन्त्रवादी–प्रगतिवादी कवि हुन् ।

भवानी घिमिरेका कविताहरू ‘स्मृतिका रेखाहरू’ शीर्षकको सङ्ग्रहमा सङ्ग्रहित छन् । निर्भीक अभिव्यक्ति भएका घिमिरे प्रगतिवादी कवि हुन् र उनका कवितामा निरंकुशतन्त्रको अन्त्य र गणतन्त्रको चेतना अभिव्यक्त भएको पाइन्छ । 

बैरागी काइ“लाका कवितामा गणतन्त्रको स्वर कतै प्रत्यक्ष रूपमा त कतै व्यञ्जनात्मक रूपमा अभिव्यक्त भएको पाइन्छ । उनका ‘पर्वत’ ‘हाट भर्ने मानिस’ जस्ता कवितामा स्वतन्त्रता र न्यायको स्वर मुखरित हुन पुगेको छ । यी कवितामा उनले मानिसको अस्तित्व स्वतन्त्रतामा प्राप्त हुने कुरा देखाएका छन् । मातेको ‘मान्छेको भाषण मध्य रातपछिको सडकसित’ कवितामा कवि गणतन्त्रको खोजी गरिरहेका भेटिन्छन् । कवि पारिवारिक (वंशानुगत) शासनका विरुद्ध यसरी हुङ्कार गरिरहेका छन्  

तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने 
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित 
यी ठूला–ठूला बिल्डिङका पेटीहरू 
मात्र कोतपर्वका विजेताका 
मात्र शासन गर्ने परिवारका 
प्रशस्ति र वंशावली लेखिएका इतिहासका नाङ्गा पन्ना जस्ता 
यी पेटीहरूलाई 
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर 
तिमीले च्यातिदेऊ–फाट्टिदेऊ...
कोलम्बसका पैतालाले 
यस सडकमाथि टेक्न पाउनुपर्छ ⁄
यौटा विद्रोहले यहा“ शिर उचालेर हिंड्न पाउनु पर्छ 
(मातेको मान्छेको भाषण : मध्यरातपछिको सडकसित, पृष्ठ ४५) 
वैरागी काइ“लाको गणतान्त्रिक चेत पछिल्लो चरणका उनका कवितामा प्रबल रूपमा प्रकट भएको पाइन्छ । 

पछिल्लो पुस्ताका कवि र गणतन्त्रको स्वर 

२०१७ सालमा पञ्चायती निरङ्कुशता लादिएपछि नेपाली राजनीतिमा राजतन्त्रप्रतिको वितृष्णा पहिलेभन्दा बढी मात्रामा देखाप¥यो । २०१७ पछि राजनीतिक पार्टीहरू प्रतिबन्धित मात्र भएनन्, यिनका नेता तथा कार्यकर्ता भूमिगत बस्न वा निर्वासित बन्न बाध्य भए । २०१७ पछि कविहरू व्यङ्ग्य र प्रतीकका माध्यमबाट निरङ्कुशतन्त्रका विरुद्ध आना अभिव्यक्तिहरू प्रस्तुत गर्न थाले । युद्धप्रसाद मिश्र, भूपि शेरचन, बैरागी काइ“ला, भवानी घिमिरे, विजय मल्ल, हरिभक्त कटुवाल प्रभृत्तिका कविहरूका सिर्जनालाई यसै सन्दर्भमा हेर्नुपर्ने हुन्छ । यस अवधिमा प्रयोगवादी भनिने कविहरूमा राजतन्त्रविरुद्धको चेतना प्रकट हुन सकेको पाइन्न । प्रयोगवादी कवि मोहन कोइरालाको कतिपय कवितामा निरङ्कुशतन्त्रका विरुद्ध व्यङ्ग्य प्रस्तुत गरे पनि गणतन्त्रका पक्षमा उनले स्पष्ट रूपमा आवाज प्रस्तुत गर्न सकेको देखिंदैन । २०३० पछि साहित्यिक आन्दोलनमा नवपुस्ताहरूको आगमन प्रारम्भ भयो भने पुराना पुस्ताका कविहरू पनि कविताको जनपक्षीय स्वरूपलाई स्वीकार गर्दै सरलताको खोजी गर्न थाले । ‘झापा विद्रोह’ र ‘चौथो महाधिवेशन’का कारण युवा पुस्तामा राजनीतिक चेतनाको वीजारोपण हुन थाल्यो भने नवचेतनाको खोजीका कारण प्रजातान्त्रिक युगतर्फको सचेततामा पनि बृद्धि हुन थाल्यो । ‘राल्फा’, ‘अस्वीकृत जमात’, ‘अमलेख’, ‘बुट पालिस’ जस्ता आन्दोलनहरूको विकास र ती आन्दोलनमा लागेका स्रष्टाहरूमा प्रवेश पाएको साम्यवादी र लोकतान्त्रिक चेतनाकै कारण २०३० पछिको सिर्जनामा क्रमशः विद्रोह र क्रान्तिको स्वर मुखरित हुन पुग्यो । २०३६ सालको राजनीतिक आन्दोलन र त्यस आन्दोलनको प्रभावले जन्मिएको ‘सडक ः कविता क्रान्ति’ र ‘सडक नाटक अभियान’ तथा भूमिगत राजनीतिक पार्टीका खुला प्रकाशन ‘झिसमिसे’, ‘सङ्कल्प’, ‘वेदना’, ‘शृङ्खला’, ‘उत्साह’, ‘हल्कारा’ लगायतका पत्रपत्रिकाका कारण कविहरूमा लोकतन्त्रको चेतनाउन्मुख हुने वातावरणको निर्माण ग¥यो । यसकै कारण मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेदेखि नवपुस्ताका अशेष मल्ल, कणाद महर्षि, किशोर पहाडी, नारायण ढकालसम्मका कविहरू एकै ठाउ“मा जम्मा भए भने युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित, पारिजात, मोहनविक्रम सिंह, आनन्ददेव भट्ट, दुर्गालाल श्रेष्ठ, ऋषिराम न्यौपाने, रामचन्द्र भट्टराई, मञ्जुल, कुन्ता शर्मा, विमल निभा, विक्रम सुब्बा, पूर्ण विराम, राजव, हरिगोविन्द लुईंटेल, अनिल पौडेल, वासुदेव अधिकारी, मित्रलाल पंज्ञानी, विजय सुब्बा, मीनबहादुर विष्ट, यज्ञराज प्रसाईं, हीरा आकाश, डा. जगदीशचन्द्र भण्डारी, ईश्वरचन्द्र ज्ञवाली, कृष्णसेन इच्छुक, आहुति, मातृका पोखरेल, राम विनय, हरिहर खनाल, पोषराज पौडेल, दिल साहनीलगायतका कविहरू प्रगतिवादी सिर्जनामार्फत् लोकतान्त्रिक चेतना प्रस्तुत गरिरहेका थिए । २०३६ सालकै सेरोफेरोमा बेञ्जु शर्मा, विष्णुविभु घिमिरे, मञ्जु का“चुली, किशोर पहाडी, जीवन आचार्य, विधान आचार्यलगायतका कवितामा लोकतन्त्रको चेतना प्रकट भएको थियो भने २०४० पछि लिखत पाण्डे, भीष्म उप्रेती, प्रल्हाद पोखरेल, जड्डव चौहान, ललिजन रावल लगायतका कविहरूले निरङक्शुतन्त्रका विरुद्ध कविता सिर्जना गरे । यी कविताहरूमा गणतन्त्रको प्रत्यक्ष रूपमा स्वर मुखरित नभए पनि गणतन्त्रको चेत भएका प्रशस्त कविता यिनका सङ्ग्रहहरूमा पाइन्छन् र यिनले पछिल्लो दशकमा गणतान्त्रिक चेतनाका कविता–रचना गर्नका लागि पृष्ठभूमि निर्माण गरेका छन् । 

चालीसको दशक नेपाली राजनीतिमा महŒवपूर्ण दशकका रूपमा रहेको छ । २०४६ सालको आन्दोलनले राजतन्त्रको निरङ्कुशतालाई अन्त्य ग¥यो र देशमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना भयो । २०४६ सालको आन्दोलनका सन्दर्भमा प्रकाशित ‘वसन्तको खोजी’ तथा त्यसकै सेरोफेरोमा प्रकाशित ‘पग्लेर पनि तिम्रो मुटुबाट’ (सं. जड्डव चौहान), ‘आन्दोलन कविता’ (सं. रुद्र खरेल) र ‘सहिद÷कविता’ (सं. जड्डव चौहान) जस्ता सङ्ग्रहहरू पनि उल्लेख्य रहेका छन् । ‘आन्दोलन कविता’ नाम दिइएको यस काव्यिक आन्दोलनकै कारण स्रष्टाहरूले पनि आन्दोलनलाई सहयोग पु¥याउन सक्छन् भन्ने सन्देश प्रवाह ग¥यो भने आम जनतालाई नया“ बाटो देखाउने कर्ममा स्रष्टाहरूको भूमिकालाई पनि महŒव प्रदान ग¥यो । २०५० सम्मका सिर्जनामा कविहरूले आन्दोलन, लोकतन्त्र र नया“ समयमा नेता र पार्टीको भूमिकाकै विषयमा कविता सिर्जना गरिरहे पनि कतिपय कविहरू भने सिर्जनाको विषयवस्तु सकिएझैं बनी चुपचाप रहे । 

२०५० को दशक नेपाली राजनीतिमा उथलपुथलकारी दशकमा रूपमा रह्यो । लोकतन्त्रका लागि समर्पित जनताले आन्दोलन गरी ल्याएको बहुदलीय प्रजातन्त्र कालमा भ्रष्टाचार बढ्यो, पदलोलुपता र सांसद किनबेचलगायतका घटनाहरू भए भने दरबारले अनेकौं षड्यन्त्र गरी फुटाउने र जुटाउने लगायतका कार्यहरू ग¥यो । दरबारको यस षड्यन्त्रलाई चिन्न नसक्दा राजनीतिक पार्टीका नेताहरूले क्रमशः गल्ती गर्न पुगे भने कार्यकर्ता र जनतामा एक प्रकारको निराशा व्याप्त भयो । राजनीतिक मुद्दा लिएर गएका माओवादी कार्यकर्ताका मागहरूको बेवास्ता भयो, जसले गर्दा माओवादी पार्टीले सशस्त्र विद्रोहको सुरुआत ग¥यो । दरबार हत्याकाण्ड भयो र राजा ज्ञानेन्द्र सत्तासीन बने । २०५९ असोज १८ मा राजाले देशमा रहेको सीमित प्रजातान्त्रिक अधिकारलाई बन्देज गरे र जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी शासन आनो हातमा लिए । २०६१ माघ १९ गतेपछि त देशमा राजनीतिक पार्टीहरूको सीमित क्रियाकलापसमेत बन्द गरी निरङ्कुशतन्त्र पूर्ण रूपमा लादियो । 

२०५२ सालमा प्रारम्भ माओवादी विद्रोहले चा“डै नै देशव्यापी रूप ग्रहण ग¥यो । त्यसले देशका निम्न वर्ग, जनजाति र महिलाका समस्यालाई मात्र संबोधन मात्र गरेन, तिनलाई आनो आन्दानेलनको वरिपरि गोलबन्द पनि ग¥यो । राज्यले माओवादीका नाममा निशस्त्र जनतामाथि दमन बढायो । यसरी ५० को दशकमा देश सशस्त्र द्वन्द्वको मारमा प¥यो भने नेपाली जनता पहिले कहिल्यै नभोगेको पीडा, दमन र हत्या बेहोर्न बाध्य भए । 

राजनीतिमा देखापरेको यस उथलपुथलको प्रभाव कविहरूमा पनि प¥यो । नेपालमा पहिले कहिल्यै यति चर्को रूपमा नउठेको गणतन्त्रको स्वर पहिलोपटक नेपाली आकाशभरि फिंजियो । युवा विद्यार्थीले सडकमा गणतन्त्रका पक्षमा गगनभेदी नारा लगाए । राजनीतिक नेताहरू पहिलोपटक गणतन्त्रका विषयमा बहस गर्न राजी भए र बिस्तारै नागरिक समाज पनि गणतन्त्रका पक्षमा खुलेरै लाग्यो । देशका प्रमुख राजनीतिक पार्टीहरूले आनो नारा नै गणतान्त्रिक नेपालतर्फ लक्षित गरे । यसरी ५० को दशकको अन्त्यसम्म आइपुग्दा नेपालमा गणतन्त्रको चेतनामा तीब्रता आयो । कविहरू पनि यस चेतनाले उत्साहित बने । जसले गर्दा गणतान्त्रिक कविताको सिर्जना–यात्रा प्रारम्भ भयो । गणतान्त्रिक कवि–गोष्ठीहरू आयोजना गरिए भने प्रलेस, नेपालले आयोजना गरेका कविगोष्ठीहरूमा गणतन्त्र चेतना तिख्खर रहेका कविताहरूको वाचन हुन थाल्यो । धरणीधरले प्रारम्भ गरेको गणतान्त्रिक कविता सिर्जना–यात्रामा सयौं कविहरू सामेल हुन पुगे र सबै विचारका कविहरू एउटै गणतान्त्रिक आवाजमा समाहित हुन पुगे । 

५० को दशकमा गणतन्त्रको पक्षमा कविता लेख्ने कविहरू विमल निभा, कृष्णसेन ‘इच्छुक’, ईश्वरचन्द्र ज्ञवाली, रामप्रसाद ज्ञवाली, मातृका पोखरेल, वेञ्जु शर्मा, मञ्जु का“चुली, विष्णुविभु घिमिरे, भवानी घिमिरे, वियोगी बुढाथोकी, पूर्णविराम, अर्जुन पराजुली, मित्रलाल पंज्ञानी, विजय सुब्बा, रामविनय, कुसुम ज्ञवाली, प्रदीप ज्ञवाली, हरिगोविन्द लुईंटेल, श्यामल, गोविन्द वर्तमान, अनिल पौडेल, अशोक सुवेदी, सुकुम शर्मा, राजेन्द्र पौडेल, पीताम्बर भण्डारी, बद्री भिखारी, सुशीला प्रधानाड्ड, श्रवण मुकारुङ, भूपाल राई, सुधा त्रिपाठी, सीता शर्मा, धनकुमारी सुनार, नर्मदेश्वरी सत्याल, अमर गिरी, राजन मुकारुङ, धर्मेन्द्र नेम्वाङ, स्वप्निल स्मृति, आहुति, सरोज धिताल, मधु घिमिरे, सुलोचना मानन्धर, चन्द्रा थानी, लक्ष्मी माली, स्नेह सायमी, रमेश पोखरेल, विवश वस्ती, वासुदेव अधिकारी, कैलाशकुमार शिवाकोटी, उमेश उपाध्याय, जगदीशचन्द्र भण्डारी, विष्णु ज्ञवाली, सुषमा शर्मा, नारायण ढकाल, धिरेन्द्र प्रेमर्षी, दुर्गालाल श्रेष्ठ, मधुसूदन गिरी, प्रकाश सिलवाल, यज्ञनिधि दाहाल, नन्दकृष्ण जोशी, भवानी थापा, आर.एम. डङ्गोल, चंकी श्रेष्ठ, लिखत पाण्डे, झमककुमारी घिमिरे, पुण्य कार्की, नरनाथ लुईंटेल, कुन्ता शर्मा, विवश पोखरेल, बलभद्र भारती, बू“द राना, नुमराज बराल, ललित बस्नेत ‘भिमाली’, कृष्णज्वाला देवकोटा, अर्जुन विरक्ति, रमेशजड्ड सिजाजति, देवी नेपाल, पुरुषोत्तम सुवेदी, विक्रम सुब्बा, राजकुमार के.सी., मोदनाथ प्रश्रित, डा. अरुणा उप्रेती, जगन्नाथ खतिवडा, रामचन्द्र भट्टराई लगायतका कविहरू हुनुहुन्छ । यी कविहरूमा तिख्खर गणतान्त्रिक चेतना ५० को दशकको मध्यपछि देखाप¥यो भने असोज १८ र माघका घटनाले तिनको लेखनमा अझ बढी गति प्रदान गरेको छ । 

वर्तमानका गणतन्त्रका पक्षधर यी कविका कविताहरू राजतन्त्रविरुद्ध लक्षित छन् भने नेपाली समाज र जनताको चाहनाअनुरूप गणतन्त्र नेपालको सुन्दर सपना कवितामा व्यक्त भएका छन् । वर्तमानमा विद्यमान निरङ्कुशता, उत्पीडन, द्वन्द्व र पीडाको मूलकारक निरङ्कुशतन्त्रलाई ठह¥याउ“दै यी कविहरूले गणतान्त्रिक नेपालको आगमनपछि यी पक्षबाट देशले मुक्ति प्राप्त गर्ने सन्देश व्यक्त गरेका छन् । यिनका कवितामा राज्यको संचालन वंशानुगत रूपमा आउने व्यक्तिबाट हु“दा नै नेपालले प्रगति गर्न नसकेको र दरबारले हरेकपल्ट धोका दिने हु“दा अब अन्तिम क्रान्ति गर्नु पर्ने सन्देश पनि व्यक्त भएको छ । अढाइ सय वर्षको इतिहास राज्य राष्ट्र राज्य हुन नसकेको, समाजका महिला, जनजाति, दलित र श्रमजीवी वर्ग झन् पीडामा परेको, विष्णुको अवतार भन्दै व्यक्तिविशेषले राज्यलाई चुस्ने र पिस्ने कार्य गरेको अवस्थामा आगामी भविष्यमा नेपालमा गणतन्त्र आउने र त्यसले मात्र सुन्दर नेपालको निर्माण हुने धारणा यी कविका कवितामा पाइन्छ । विमल निभा, कृष्णसेन ‘इच्छुक’, ईश्वरचन्द्र ज्ञवाली, मातृका पोखरेल, बेञ्जु शर्मा, मञ्जु का“चुली, पूर्णविराम, प्रदीप ज्ञवाली, अमर गिरी, हरिगोविन्द लुईंटेल, रामप्रसाद ज्ञवाली, अर्जुन पराजुली, मित्रलाल पंज्ञानी, डा. जगदीशचन्द्र भण्डारी, विजय सुब्बा आदिका कवितामा यस पक्षको प्रस्तुति अत्यन्त स्पष्ट रूपमा भएको छ भने रामप्रसाद ज्ञवालीको ‘एकादेशमा’ काव्यले गणतन्त्रलाई आख्यानात्मक रूप समेत प्रदान गरेको छ । 

यसैगरी प्रारम्भमा प्रगतिशील र लोकतान्त्रिक चेतना व्यक्त गर्ने कविहरूमा पनि गणतन्त्रतर्फ संक्रमित हुने प्रक्रिया बढ्दो छ । दरबारका व्यवहार र क्रियाकलापले कविहरूमा अब संवैधानिक राजतन्त्रको मोह समाप्त भएको छ र उनीहरू सुन्दर नेपालको भविष्य गणतन्त्रमै देख्न थालेका छन् । कुसुम ज्ञवाली, श्रवण मुकारुङ, अनिल पौडेल, सरोज धिताल, विवश वस्तीलगायत कविहरूको अत्यन्त ठूलो पङ्क्ति यस कित्तामा आइरहेको छ भने पहिले चुपचाप बसेका पुराना कविहरू पनि नेपाललाई गणतन्त्रतर्फ गएको हेर्न चाहिरहेका छन् । यस्ता कविहरू पनि विभिन्न बिम्ब र प्रतीकका सहाराले नेपालमा राजतन्त्रप्रति बढ्दै गइरहेको वितृष्णालाई प्रस्तुत गरिरहेका छन् । ती सबै कविका कवितालाई उद्धृृत गर्दा यो लेख झन् लम्बिने भयले यहा“ कविहरूको नाम मात्र समावेश गरिएको छ । 

कविहरूको नया“ पुस्ता परिवर्तनको पक्षमा छ र ऊ क्रान्तिको पक्षमा छ । त्यसैले नागरिक समाज, राजनीतिक दल र लोकतान्त्रिक स्रष्टाहरूका कार्यक्रममा नन्दकृष्ण जोशीका गीत, यज्ञनिधि दाहाल र अर्जुन पराजुलीलगायत गणतान्त्रिक कविका कविताले प्रशस्त ताली पाउने गरेका छन् भने गणतन्त्रको अभिव्यक्ति नभएका कवितामा श्रोताहरूको लोकप्रियता घटेको छ । यस स्थितिले एक्काइसौं शताब्दीका श्रोता यही शताब्दीको चेतना बोक्नेछन् भन्ने स्पष्ट हुन्छ भने स्रष्टाहरूमा पनि गणतन्त्रको चाहना बढ्दो छ भन्ने देखिन्छ । आज हामी जुन सामन्तवादको पिसाइमा छौं, यो अवस्था आजभन्दा ३÷४ सय वर्षअघिको युरोपको अवस्था हो भन्ने चेतना नागरिक समाजमा छ र स्रष्टाहरूमा पनि छ । यसैकारण पनि नेपाली कविहरूको एउटा ठूलो पङ्क्ति गणतन्त्रलाई कविताको विषय बनाउन आतुर छ र यसले भोलिको गणतान्त्रिक नेपालको संभावनालाई पनि संकेत गरेको छ । हुन पनि अरूले नदेखेको भविष्य कविले देख्छ र अरूले नसुनेको भविष्यवाणी कविले सुन्छ । त्यसैले नेपाली कवितामा गणतन्त्रको विषयको प्रवाह बढ्नेछ र बढिरहनेछ । 

प्रमुख सन्दर्भ ग्रन्थ सूची 
– प्रसाईं, कृष्ण (सं.) (२०४८) नेपाली समसामयिक कविताहरू : भक्तराई स्मृति मण्डप : दार्जिलिङ
– प्रश्रित, मोदनाथ (२०५८) सङ्कलित रचनाहरू भाग १ काठमाडौ“, पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर 
– राणा जगदीश शमशेर (२०६१) नरसिंह अवतार, दोस्रो संस्करण ललितपुर साझा प्रकाशन 
– त्रिपाठी, जगन्नाथ (लेखक तथा सम्पादक) (२०५० कवि धरणीधर कोइराला समग्र सिन्धुली : दीर्घराज कोइराला 
– देवकोटा, लक्ष्मीप्रसाद (२०२८) प्रमिथस काठमाडौ“, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान 
– विभिन्न कविहरूका कविता सङ्ग्रह तथा फुकटर कविता 

वेदना पूर्णाड्क  ७२, वर्ष ३३, अंक १, जेठ २०६३ बाट साभार 

No comments:

Post a Comment