Thursday, April 19, 2018

युद्धको नाट्यशाला - मातृका पोखरेल

तिमीलेझैं युद्धको बिरोध गर्दै
कुनै ईश्वरलाई पूजा गर्न
अबदेखि हामी
कुनै मन्दिर जानेछैनौं ।

पराधिनताको महाभारत चढेर
धेरै ग¥यौं हामीले
भविष्य बनाउने कुरा,
कहालीलाग्दा पहराहरु उक्लेर
हामी यतिबेला एउटा कुइनेटोमा निस्केका छौं
र केही सोचीरहेका छौं,
उहिल्यैदेखि तिमीले हामीसँग युद्धको बिरोध ग¥यौ
र एउटा युद्ध लड्यौ
रोमकालीन दासहरु प्रजनन् गर्ने
तिम्रा ति ईश्वरहरु
तिम्रै जुठोपुरो खाएर हुर्केका रहेछन्
ति ईश्वरहरु तिम्रैमात्र रहेछन्
ति ईश्वरहरु तिम्रैमात्र रहेछन्
भ्रमको कुहिरो फाटिसकेको टाउको बोकेर
हामी तिमीसँग
सर्वथा नौलो युद्धको घोषणा गरिरहेका छौं
हामी नयाँ युद्धको घोषणा गरिरहेका छौं ।

तिमीले इश्वरको आदेश भन्यौ
र तिम्रै लागि हामीले
हतियार कारखानाहरु बनायौं
बम, अणुबम र विभिन्न क्षेप्यास्त्रहरु
हामी ज–जसले बनाएका थियौं ति हतियारहरु
तिनै हतियारहरुबाट
हामीले गुमाएका थियौं आफ्नै आफन्तहरु
परिवारहरु,
त्यसवेला तिमीसँगै सिरक ओढेर सुतेको थियो
तिम्रो ईश्वर,
भ्रमको जालो च्यातेको आँखा बोकेर
हामी हेरिरहेकाछौं यतिबेला
तिमीले तिम्रो ईश्वरसँग मिलेर बनाएको
एउटा नाट्यशाला
त्यहींभित्र तिमीसँगै गरिरहेको छ तिम्रो ईश्वर
एउटा थोत्रो र भद्दा अभिनय
अब हामी तिमीले कोरेको इतिहासको गल्लीबाट
आफैंले खनेको एउटा फराकीलो सडकमा आइपुगेका छौं
तिमी तिम्रो ईश्वरसँगै
लड्नका लागि तयार भएर बसेहुन्छ
हामी नयाँ युद्धको घोषणा गरिरहेका छौं ।

तिमीलेझैं युद्धको विरोध गर्दै
कुनै ईश्वरलाई पूजा गर्न
अबदेखि हामी
कुनै मन्दिर जानेछैनौं ।

                

No comments:

Post a Comment