Friday, April 20, 2018

हिमाल - मातृका पोखरेल

बाल कविता


बिहानी उठेर हेर्थें
सेता ठुला ठुला घर,
कसले बनायो होला
भव्य महल सुन्दर ।

मेरो मन कति उड्थ्यो
त्यहीँ बस्न पाए हुने,
सेता घरको छाना माथी
कुद्दै खेल्न पाए हुने ।

आमालाई सोध्यो भने
घर होइन हिउँ हो रे,
बाबालाई सोध्यो भने
खेल्न हुन्न चिसो छ रे ।

कसरी पुग्ने होला म
सेतो हिमालको नेर,
नखेले पनि हेथेँ म
राम्रो मानेर सुन्दर ।

     

No comments:

Post a Comment