Wednesday, November 1, 2017

कवि विप्लव ढकालको कविता - "स्वैरप्रेमिका"




यो बि.सं. २०६८  को कुरा हो । नर्भिक अस्पतालका चर्चित चिकित्सक डा. भरत रावतले एक साँझ आफ्नो निवासमा  हामी केही स्रष्टाहरुलाई निम्त्याएर एउटा सानो काव्य साँझको आयोजना गर्नुभएको थियो । उहाँले त्यो काव्यसाँझ आयोजना गर्नुको पनि एउटा विशेष कारण थियो ।  डा. भरत रावतका पिता डा. कीर्तिस्वरूप रावत नेपाल आउनुभएको थियो । डा. कीर्तिस्वरूप रावत आफैंमा चर्चित साहित्यकार हुनुहुन्छ । अझ रोचक कुरा के छ भने  डा. कीर्तिस्वरूप रावत भारतीय सरकारको 'अन्तर्राष्ट्रिय अतिजीवन एवम् पुनर्जन्म शोधकेन्द्र' को निर्देशक हुनुहुन्छ । डा. कीर्तिस्वरूप रावतले पुनर्जन्मकै बारेमा विध्यावारिधि गर्नुभएको छ । उहाँको नेपालीमा पनि  'पुनर्जन्म एक वैज्ञानिक अध्ययन' नामको अनुदित कृति प्रकाशित छ । डा. कीर्तिस्वरूप रावतले नेपालका केही कविहरुलाई भेट्ने इच्छा राख्नुभएकोले कवि कृष्ण प्रसाईको संयोजनमा  डा. भरत रावतले एउटा सानो काव्य साँझको आयोजना गर्नुभएको थियो । त्यही साँझ कवि विप्लव ढकालले वाचन गर्नुभएको कविता "स्वैरप्रेमिका" चर्चित कथाकार किशोर पहाडीले  छायांकन र सम्पादन गर्नुभएको रहेछ  । किशोर पहाडीलाई धेरैधेरै धन्यवाद ! प्रस्तुत छ : कवि विप्लव ढकालको कविता "स्वैरप्रेमिका" । 

No comments:

Post a Comment