Friday, May 11, 2018

मातृका पोखरेलको कपाल - रसुवाली कवि

सेतो सेतो देखिन्छ 
मातृका पोखरेलको कपाल
एउटा आँधी कुरेर बसेको जुवा रुख झै
उभिएका छ्न उनी
मुल्यहिन बजारमा

उपाध्याय बाजेले सोधे
मातृका बाबू
कपालमा रातो हाल्नु भए हुने हो ?
स्वस्थानीको गाता जस्तै देखिने थियोे
तपाईंको टाउको
नारायणकाजी श्रेष्ठले उहिले भनेका हुन
कमरेडले रातो हालेको भए सुहाउने थियो टाउको
तर हासेरै टारिरहे मातृकाले

पारिजात दिदी भन्थिन
रातो टोपी लगाएर
मात्र क्रान्तिकारी भएको होइन
राल्फा समूह
त्यतिबेला मातृका पोखरेलको कपाल फुलेको थिएन सेतो भएर
र त अहिले बेलाबखत सोच्छ्न उनी
चारु मजुमदारको निधारमा
कुन रङ थियोे होला
स्टालिन जुतामा
कुन चाहिँ कम्पनी लोगो थियो होला
उनी यो पनि सोच्छ्न
बहुराष्ट्रिय कम्पनी विरुद्ध लडने
कम्युनिस्ट पार्टीको कार्यकर्ताले
कुन चाहिँ कम्पनीको रङ किनेर रङ्गाउने हो आफ्नु टाउको ?

बैज्ञानिक समाजबादी पार्टीले गर्यो
उनको टाउको र प्रज्ञा बारे बहस
उसको निस्कर्स थियो
कम्युनिस्ट भएर
सेतो कपाल पाल्न कहाँ पाइन्छ

मातृका पोखरेलको कपाल सेतो हुँदा
बारम्बार पिर परिरहन्छ्
उनका सहयात्रीहरुलाइ
जो युद्धका समय
आफ्नै श्रीमतीको गहना बेचेर
कलमका नयाँ अङ्क निकाल्थे
ती अहिले भएका छन
सेयर बजारका भरपर्दा दलाल

उनको कपाल प्रती अनुदार छ्न
केही प्रगतिशीलहरु
जो पत्रिकामा सेक्सी नायिकाको
नाइटोको बिज्ञापन
र पलेसको औचित्य बारे
सगैसगै बहस गर्छन्

मातृका पोखरेलका कवितामा
लुगा काटने मुसाहरु आएका छन
जो उनकै खल्तीमा देखिन्छन बारम्बार

जो मातृका पोखरेलको सेतो कपाल विरुद्ध छ्न
ती असनमा आफ्नै छोरीका लागि
खरिद गरिरहे छ्न उत्तर आधुनिकता

उहिलेका मातृका छ्न
अहिले प्रज्ञाको डबलीतिर
दरबारका भाट संगीतकार
शम्भुजित बास्कोटाको छेउमा उभिएर
रुमालले आँसु पुस्दै छ्न जीवन शर्मा
कविता पत्रिकामा बिजोग छ
कालिप्रसाद रिजालको कविता पहिला राख्ने कि
खुशिराम पाखृनको अन्तरबार्ता राख्ने
पीडामा छ्न मातृका
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन छोडेर
आरनमा कविता बाच्न गर्न हिडेकै हुन
तर सवै भन्दा पहिला परे उनी
आफ्नैबाट आक्रमणमा
सरकारी माक्र्सवादीले कहाँ पाउछ
जनबादी हुन

मातृका आजकाल भन्छ्न बडो गाह्रो हुदो रहेछ
चप्पल छोडेर साइकल छोडेर
मारुतीको पुरानो कारमा चढनु।


००० 

No comments:

Post a Comment