Thursday, January 2, 2020

मित्रताको आकाशमा रुमलिँदा – अरुणबहादुर खत्री “नदी”

कृति समीक्षा 



कवि मातृका पोखरेल समसामयिक नेपाली कविताको क्षेत्रमा नयाँ नाम होइन । उनको ‘मित्रताको आकाश’ नामक कवितासङ्ग्र्रह विसं २०७६ मा छैटौँ कृतिका रुपमा प्रकाशित भएको छ । उनको पहिलो कवितासङ्ग्रह ‘सेतो दरबारको छेउबाट’ विसं २०५७ मा प्रकाशित भएको थियो । हालसालै आएको उनको ‘मित्रताको आकाश’ नामक कविता सङ्ग्रहभित्र मित्रताको आकाश, प्रश्नहरुको बाढी, जङ्गबहादुर, चस्मा, ऐना, सहरमा माक्र्स, सडकको सिकारलगायत विभिन्न शीर्षकका २६ वटा कविताहरु रहेका छन् ।

यस सङ्ग्रहभित्रको ‘मित्रताको आकाश’ शीर्षकको पहिलो कवितामा उसको र मेरोबीच ओजोन तहझैँ ढाकिएको छ अविश्वासको बादल भनिएको छ । ‘सपना र टर्चलाइट’ शीर्षकको कविताभित्र हाम्रो गाउँ उही तिमीले देखेजस्तै उही तिमीले भोगेजस्तै उस्तै पुरानो छ, हामी गाउँका मान्छेहरु यो ढल्किँदै गएको रातमा अलिकति झिक्रा बटुलेर चिसो रात काट्ने बहानामा हामी सबैले माया गरेको कमरेड कञ्चनको उही पुरानो हराएको टर्चलाइटको कुरा गर्छौं, चिन्तामग्न भएर कुरा गर्छौं भनिएको छ ।

एउटा दुर्ग
फेरि बनाउनुछ
र त्यहाँ उभिएर
फेरि गर्नुछ
जङ्गबहादुरको
मृत्यु घोषणा ।

‘मित्रताको आकाश’को प्राकृतिक चित्रसँगै कविले विभिन्न दृश्यलाई कलात्मकरुपमा कवितामा प्रस्तुत गरेका छन् । उनका अधिकांश कविता सकारात्मक चिन्तनका छन्, सुखद बिम्बका छन् । कविताहरु राष्ट्रले नयाँ मार्र्ग लेला, नानीहरु निर्भीक भएर उभिएलान् र उज्यालो बढ्दै जाला भन्ने कामनाका छन् । कवि मातृकाको परिचय गराइरहन पर्दैन । उनी एकदमै सक्रिय कवि प्रतिभा हुन् । सिर्जना र संगठन दुवैतर्फ उत्तिकै रूचि भएका नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य भइसकेका प्रगतिशील लेखक सङ्घको केन्द्रीय अध्यक्षको भूमिकामा समेत रहिसकेका, देवकोटा लुसुन प्रज्ञाप्रतिष्ठान, नेपाल साहित्यिक पत्रकार सङ्घलगायत धेरै संस्थाहरुको केन्द्र निर्माणमा समेत मह¤वपूर्ण भूमिका निर्वाह गर्दै आएका कवि मातृका बहुआयामिक व्यक्तित्व हुन् ।

प्रश्नहरुको बाढी शीर्षकको कवितामा कौतुहलताका आँखाहरु फालेर म प्रश्नहरुको बाढी पर्खिरहेको छु, मान्छेहरुले भन्न छाडेका छैनन् प्रश्नहरुको बाढी पानीको बाढीभन्दा शक्तिशाली हुन्छ भनेर कविले लेखेका छन् ।

एउटा जङ्गबहादुर
मरेको कथा
खुबै घोकेको थिएँ
इतिहासमा मैले
परीक्षामा पास
गर्न पनि घोकेको थिएँ
अहिले आफैँलाई
गलत लागिरहेको छ ।

तिम्रो बजारबाट किनेको चस्माबाट कालो र सेतो रङ उस्तैउस्तै देखियो, कहीँ केही छुट्टिएन भन्दै ‘चस्मा’ शीर्षकको कवितामा कविले लेखेका छन् । जीवनभर जसलाई गाली गर्दागर्दा थाकेको थिएँ र मुद्दा हालेको थिएँ, बाटोका प्रत्येक कुइनेटाहरुमा अचेल लुसुक्क आइदिन्छ उही मैले हेर्ने ऐनामा भन्दै कविले ‘ऐना’ शीर्षकको कवितामा लेखेका छन् ।

उनका कविता पढेर सबै मानिस खुसी होऊन् भन्ने कविले ठान्दैनन् । केही थोरै मानिसलाई मेरा कविताले पोले हुन्थ्यो भन्ने कविलाई लागिरहन्छ । हामी यतिबेला सपनाका नायकहरुले नै सपनामाथि लात्ती बर्साइरहेको कुरुप दृश्यको साक्षी भइरहेका छौँ भनेर कविले भनेका छन् ।

मित्रताका निम्ति समझदारीको जरूरी हुन्छ भन्ने सन्देश ‘नयाँ आँधीको स्वागत’मा शीर्षकको कविताले दिएको छ । यस कवितामा खुट्टाहरु टेकेर बस्नु होइन आँधीको काम, सुस्ताएर बस्नु होइन आँधीको काम, हामीलाई देखाउन केही पाइला सारेजस्तो गर्नु पनि होइन आँधीको काम भनिएको छ ।

यतिबेला सहरमा
लोकप्रिय छ
उपाध्याय बाजेको
मःमः पसल ।

वास्तवमा कवि समाजको सर्वाधिक सचेत व्यक्ति हो । एउटा सचेत व्यक्ति समाजको दुःखसुखमा निश्शब्द रहन सक्तैन । सूर्य बोकेर हिँड्नेहरु सूर्यलाई पुर्न खाडल खन्दैछन्, म उनीहरुलाई अँध्यारो गुफातिर लुक्न खोजिरहेको देख्दैछु, उनीहरुका बारेमा लेख्न पुगेकै छैन, लेख्न अझै धेरै बाँकी छ भन्दै ‘लेख्नै बाँकी छ’ शीर्षकको कवितामा कविले लेखेका छन् ।

युगीन चेतना, नेपाली समाज, संस्कृति, प्रकृति अनि नेपाली राष्ट्रियताप्रतिको गहिरो आस्था र प्रेमका साथै जीवनवादी जीवनदृष्टि यस सङ्ग्रहका कविताका आधारभूत प्रवृत्ति हुन् । ‘मित्रताको आकाशका काव्य–बिम्ब’ सोही प्रकारबाट सूर्यमुखी भएर देखा परेका छन् । संसारका कुनै पनि कविका लागि सबैभन्दा गाह्रो काम नै सरल कविता लेख्नु हो । किनभने, सरल भन्ने शब्दको काव्यिक अर्थसित एकातिर कविता कसका लागि ? भन्ने सैद्धान्तिक प्रश्न जोडिन्छ, जसले कविको वैचारिक एवं दार्शनिक पक्षलाई सङ्केत गर्छ भने अर्कातिर यसले कविको काव्यिक भाषाको स्वरुपको पनि सङ्केत गर्छ । त्यसैले मातृकाका कविता ज्यादै मार्मिक र पढ्नयोग्य छन् ।

मैले उहिले भेट्दा
उनले दारी पालेका थिए
हिजोआज जुँगामात्र राखेर
दारी काटेछन्
मनमनै लाग्यो
बूढा दारीमै सुहाउँथे
राम्रो गरेनछन् ।

कवि मातृकाले लेखेका कवितामा विषयवस्तुको विविधता पाइन्छ । त्यस्तै उनका कविताभित्र शिल्प र शैलीमा पनि विविधता भेटिन्छ । समाजको यथार्थता, वर्गीय दृष्टिकोण, नेपाली संस्कृतिका विविध विकृति तथा विसङ्गति, नेपालमा चलिरहेको क्रान्तिको सन्दर्भ, विभिन्न व्यक्तिहरुको भ¥याङ चढेर माथि पुगेकाहरुको क्रियाकलाप, समाज परिवर्तनको कुराबाट विमुख भई स्वार्थतिर उन्मुख भएको र योग्य व्यक्तिको कदर नभई जनताप्रतिको जवाफदेहिता नभएको सन्दर्भ, विदेशीहरुको चलखेलले देशमा परेको प्रभावबाट मुक्त हुन नसकेको स्थिति कविताभित्र आएका छन् ।

सरल भाषामा बिम्ब र प्रतीकहरुको प्रयोग गरी लेखिनु यस सङ्ग्रहमा पाइने कविताका विशेषताहरु हुन् । मातृकाका धेरै कविता आस्थाका नजिक छन्, सार्वदेशिक छन् । सरल र स्वाभाविक भागका रुपमा सम्प्रेषणका कविताले आफ्नै समाज, संस्कृति र जीवन–संसारको अनुभूति प्रकट गरेका छन् । ती अनुभूतिमा हाम्रै जीवन भोगाइ, हाम्रै परिवेश र हाम्रै दृष्टिकोणहरु छन् । कवि मातृकाको हृदय भावुक छ । आगामी दिनमा उनका थुप्रै कृतिहरु प्रकाशित भइरहून् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।


कृति : मित्रताको आकाश
कवि: मातृका पोखरेल
प्रकाशन वर्ष : २०७६
प्रकाशक: रमाकृष्ण सृजना प्रतिष्ठान, काठमाडौँ
मूल्य: रू. २००।–
पृष्ठ: ९४

arunkhatri2024@gmail.com
www.echitwanpost.com बाट साभार 

कृति समीक्षा

      कवि मातृका पोखरेल समसामयिक नेपाली कविताको क्षेत्रमा नयाँ नाम होइन । उनको मित्रताको आकाश नामक कविता सङ्ग्र्रह २०७६ मा छैठौं कृतिको रुपमा प्रकाशित भएको छ । उनको पहिलो कविता सङ्ग्रह सेतो दरबारको छेउबाट २०५७ मा प्रकाशित भएको थियो । भर्खरै उनको मित्रताको आकाश नामक कविता सङ्ग्रह प्रकाशनमा आएको छ । यसभित्र मित्रताको आकाश, प्रश्नहरुको बाढी, जङ्गबहादुर, चस्मा, ऐना, सहरमा माक्र्स, सडकको सिकार लगायत विभिन्न शीर्षकका २६ वटा कविताहरु रहेका छन् । यस सङ्ग्रहभित्रको मित्रताको आकाश शीर्षकको पहिलो कवितामा उसको र मेरो बीच ओजोन तहझैँ ढाकिएको छ अविश्वासको बादल  भनिएको छ । सपना र टर्चलाइट शीर्षकको कविताभित्र हाम्रो गाउँ उही तिमीले देखेजस्तै उही तिमीले भोगेजस्तै उस्तै पुरानो छ हामी गाउँका मान्छेहरु यो ढल्किदै गएको रातमा अलिकति झिक्रा बटुलेर चिसो रात काट्ने बहानामा हामी सबैले माया गरेको कमरेड कञ्चनको उही पुरानो हराएको टर्चलाइटको कुरा गर्छौ चिन्तामग्न भएर कुरा गर्छौ भनिएको छ । 

एउटा दुर्ग फेरि बनाउनु छ
र त्यहाँ उभिएर फेरि गर्नु छ
जङ्गबहादुरको मृत्यु घोषणा ।

मित्रताको आकाशको प्रकृति चित्रसँगै कविले विभिन्न दृष्यलाई कलात्मक रुपमा कवितामा प्रस्तुत गरेका छन् । उनका अधिकांश कविता सकारात्मक चिन्तनका छन् सुखद बिम्बका छन् राष्ट्रले नयाँ मार्र्ग लेला, नानीहरु निर्भिक भएर उभिएलान् र उज्यालो बढ्दै जाओस् भन्ने कामनाका छन् । कवि मातृकाको परिचय गराइरहनु पर्दैन । उनी एकदमै सक्रिय कवि प्रतिभा हुन् । सिर्जना र सङ्गठन दुबैतर्फ उत्तिकै रुचि भएका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य भइसकेका प्रगतिशील लेखक सङ्घको केन्द्रीय अध्यक्षको भूमिकामा समेत रहिसकेका देवकोटा लु–सूनप्रज्ञा प्रतिष्ठान, नेपाल साहित्यिक पत्रकार सङ्घ लगायत धेरै संस्थाहरुको केन्द्र निर्माणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका कवि मातृका बहुआयामिक व्यक्तित्व हुन् । प्रश्नहरुको बाढी शीर्षकको कवितामा कौतुहलताका आँखाहरु फालेर म प्रश्नहरुको बाढी पर्खिरहेको छु मान्छेहरुले भन्न छाडेका छैनन् प्रश्नहरुको बाढी पानीको बाढीभन्दा शक्तिशाली हुन्छ कविले लेखेका छन् । 

एउटा जङ्गबहादुर मरेको कथा
खुबै घोकेको थिएँ इतिहासमा मैले
परीक्षामा पास गर्न पनि घोकेको थिएँ
अहिले आफैँलाई गलत लागिरहेको छ ।

तिम्रो बजारबाट किनेको चस्माबाट कालो र सेतो रङ उस्तै उस्तै देखियो कहीँ केही छुट्टिएन चस्मा शीर्षकको कवितामा कविले लेखेका छन् । जीवनभर जसलाई गाली गर्दागर्दा थाकेको थिएँ र मुद्दा हालेको थिएँ बाटोका प्रत्येक कुइनेटाहरुमा अचेल लुसुक्क आइदिन्छ उही मैले हेर्ने ऐनामा कविले ऐना शीर्षकको कवितामा लेखेका छन् । मेरा कविता पढेर सबै मानिस खुशी होउन्, यस्तो पनि ठान्दिन । केही थोरै मानिसलाई मेरा कविताले पोले हुन्थ्यो भन्ने कविलाई लागिरहन्छ । हामी यतिबेला सपनाका नायकहरुले नै सपनामाथि लाती बर्षाइरहेको कुरुप दृष्यको साक्षी भइरहेका छौ कविले भनेका छन् । मित्रताका निम्ति समझदारीको जरुरी हुन्छ भन्ने सन्देश नयाँ आँधीको स्वागतमा शीर्षकको कविताले दिएको छ । यस कवितामा खुट्टाहरु टेकेर बस्नु होइन आँधीको काम, सुस्ताएर बस्नु होइन आँधीको काम, हामीलाई देखाउन केही पाइला सारेजस्तो गर्नु पनि होइन आँधीको काम भनिएको छ । 
यतिबेला सहरमा लोकप्रिय छ
उपाध्याय बाजेको मःमः पसल ।
वास्तवमा कवि समाजको सर्वाधिक सचेत व्यक्ति हो । एउटा सचेत व्यक्ति समाजको दुःखसुखमा निशब्द रहन सक्तैन । सूर्य बोकेर हिँड्नेहरु सूर्यलाई पुर्न खाडल खन्दैछन् म उनीहरुलाई अँध्यारो गुफातिर लुक्न खोजिरहेको देख्दैछु उनीहरुको बारेमा लेख्न पुगेकै छैन लेख्न अझैँ धेरै बाँकी छ लेख्नै बाँकी छ शीर्षकको कवितामा कविले लेखेका छन् । युगीन चेतना, नेपाली समाज, संस्कृति, प्रकृति अनि नेपाली राष्ट्रियताप्रतिको गहिरो आस्था र प्रेम साथै जीवनवादी जीवनदृष्टि यस सङ्ग्रहका कविताका आधारभूत प्रवृत्ति हुन् । मित्रताको आकाशका काव्य बिम्ब सोही प्रकारबाट सूर्यमुखी भएर देखा परेका छन् । संसारका कुनैपनि कविका लागि सबैभन्दा गाह्रो काम नै सरल कविता लेख्नु हो । किनभने सरल भन्ने शब्दको काव्यिक अर्थसित एकातिर कविता कसका लागि ? भन्ने सैद्धान्तिक प्रश्न जोडिन्छ । जसले कविको वैचारिक एवं दार्शनिक पक्षलाई सङ्केत गर्छ भने अर्कातिर यसले कविको काव्यिक भाषाको स्वरुपको पनि सङ्केत गर्छ । उनका कविता ज्यादै मार्मिक र पढ्न योग्य नै छन् ।

मैले उहिले भेट्दा उनले दारी पालेका थिएँ
हिजोआज जुँगामात्र राखेर दारी काटेछन्
मनमनै लाग्यो बुढा दारीमै सुहाउँथे
राम्रो गरेनछन् । 

कवि मातृकाले लेखेका कवितामा विषयवस्तुको विविधता पाइन्छ, त्यस्तै उनका शिल्प शैलीमा पनि विविधता भेटिन्छन् । सरल भाषामा बिम्ब र प्रतीकहरुको प्रयोग गरी लेखिनु यस सङ्ग्रहमा पाइने कविताका विशेषताहरु हुन् । मातृकाका धेरै कविता अस्थानिक छन् सार्वदेशिक छन् । सरल र स्वाभाविक भाग सम्प्रेषणका कविताले आफ्नै समाज, संस्कृति र जीवनसंसारको अनुभूति प्रकट गरेको छ । ती अनुभूतिमा हाम्रै जीवनभोगाइ, हाम्रै परिवेश र हाम्रै दृष्टिकोणहरु छन् । कवि मातृकाको हृदय भावुक छ । यस कवितासङ्ग्रहभित्रको मान्छेहरुको भ¥याङ शीर्षकको अन्तिम कवितामा पर्यटकहरुले सगरमाथा चढेझैँ उनीहरुले चढिरहेँ हाम्रा करङहरुको भ¥याङ भनिएको छ । आगामी दिनमा उनका थुप्रै कृतिहरु प्रकाशित भईरहुन् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।


कृतिः मित्रताको आकाश
लेखकः मातृका पोखरेल                                               
प्रकाशन वर्षः २०७६      
प्रकाशकः रमाकृष्ण सृजना प्रतिष्ठान, काठमाडौं
मूल्यः रु.२००।–
पृष्ठः ९४

No comments:

Post a Comment