Friday, May 25, 2018

परिणाम - मातृका पोखरेल

लघुकथा 
----------------------------------
एकजना चतुर साथी थिए । पार्टीका धेरैजसो कमिटीमा उनको र मेरो कार्यक्षेत्र मिल्ने भएकोले सँगसँगै बस्यौं । कुनैबेला उनी म विशेष जिल्ला कमिटीको इन्चार्ज हुँदा जिल्ला कमिटी सदस्य पनि थिए । एक दशक भयो, उनले अरू कुनै राजनीतिक र समाज रूपान्तरणमा भूमिका निभाउनुभन्दा दुई तीन पटक पार्टी फेर्दै हिँड्ने काम गरे । एकदिन मैले उनलाई साथीको नाताले सल्लाह दिँदै भनेको थिएँ - 'यस्तो अस्थिर किन हुनुहुन्छ ? पार्टी नफेर्नुस ! एकैठाउँमा धैर्य गरेर बस्नुस र नेपाली समाजको रूपान्तरणमा मूर्त भूमिका खेल्नुस !

उनले गज्जवका साथ मस्किँदै भने - 'हेर्दै जानुस् न यसको परिणाम ! '

अस्ति पार्टी एकता पछि ४४१ मा उनको नाम परेपछि उनले फोन गरेर भने - ' पुरानो ढंगले अब काम चल्दैन । अबको नयाँ पार्टीमा नयाँ ढंगले काम गर्न जान्नुपर्छ । देख्नुभयो परिणाम ! '

०००

No comments:

Post a Comment